माघ २७ गते चितवनमा घन्किदै नेपथ्य

चितवन । माघ २७ गते चितवनमा चर्चित ब्याण्ड नेपथ्यको सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाल डायरिजको आयोजनामा तीन वर्षपछि नारायणगढको क्याम्पाचौरमा नेपथ्यको कार्यक्रम हुन लागेको हो । 

आयोजक संस्था नेपाल डायरिजले आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम बारे जानकारी दिएको हो । कार्यक्रम साँझ ठीक ६:१५ बजे सुरु हुने नेपाल डायरिजका सिईओ बिनेश थापाले जानकारी दिए । त्यसका लागि दिउँसो ४:१५ बजेबाट गेट खुला गरिनेछ । 

कार्यक्रम ८ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । कार्यक्रममा चितवनसहित छिमेकी नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट दर्शकहरु सहभागी आयोजकको अपेक्षा छ ।  कार्यक्रमका लागि फरक फरक विधाका टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि सहुलियत दरको टिकटसहित अर्लि बर्ड, रेगुलर र भिआईपी गरी विभिन्न विधामा टिकटको व्यवस्था गरिएको थापाले जानकारी दिए । सहुलियत दरका अर्लि बर्ड टिकटको कोटा सकिएको छ । सीमित मात्रामा राखिएका अन्य टिकटहरु पनि सकिन लागेको नेपाल डायरिजका निर्देशक आशिश श्रेष्ठले जानकारी दिए । 

चितवनमा नै पहिलो पटक दर्शकका लागि प्याराफिट समेत निर्माण गरिनेछ । चार सय जना क्षमताको छुट्टै प्याराफिट निर्माण गर्न लागेको श्रेष्ठले बताए । कार्यक्रमको तयारी तीव्र गतिमा भईरहेको उनले बताए । कार्यक्रमको प्रचार प्रसारका लागि विभिन्न कलेज तथा चोकहरुमा क्याम्पेन पनि आयोजना भईरहेको छ । 

Comments